बुटवल,१४ जेठ ।
बुटवलमा आमा र दुई छोरी सहित जनाको बिभत्स हत्या भएको छ ।
बुटवलको होराईजन चोकमा आज बिहान ४ बजे आफ्नै पुर्व पतिले पत्नी र दुई छोरीको विभत्स रुपमा हतया गरेको प्रहरीले जनाएको छ ।
सम्बन्ध बिच्छेद पछि छुट्टाछुट्टै बस्दै आएका बुटवलका सुजन कोईरालाले पुर्वपत्नी दीपा वस्याल र छोरीहरु ७ बर्षिय स्नेहा र ४ वर्षिय नानी बस्यालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धामा जेल जिवन बिताएर केहि समयअघि मात्रै छुटेका कोईरालाले आमा छोरीलाई हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले जानकारी दिए ।
कोईरालालाई कर्तव्य ज्यान मुद्धा परेपछि उनीहरुवीच सम्बन्ध विच्छेद भएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






