कैलाली,१३ जेठ ।
बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचान खुलेको छ ।

नेपाल टेलिकम बजुराकाे बा.५ च २२०९ नम्बरको जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहित तीनजनाको मृत्युु भएको हो ।

दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक कर्णबहादुर महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् ।

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको प्रहरी नायव उपरीक्षक हवारीले बताए ।