कैलाली,१३ जेठ ।
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा बाजुरामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ ।
मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकपाल हवारीले जानकारी दिए । घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनलेे बताए ।









