काठमाडौं,१२ बैशाख ।
सिन्धुपाल्चोककाे फुल्पिंगकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको गति ४ दशमलव १ रेक्टर स्केलको रहेको थियो । भूकम्पको धक्का आसपासका क्षेत्रहरुमा पनि महशुस भएको जनाइएको छ ।
हिजो राति रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।






