Share this News on Social Networking Pages

बुटवल,२२ माघ ।
बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको बताएकी छन् ।

उनले धेरै स्वास्थ्य संस्थाहरु मापदण्डका आधारमा हेर्दा कमजोर देखिए पनि बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुरा गर्ने पहिलो अस्पताल बनेको प्रतिक्रिया दिइन् ।

बुटवल हस्पिटल प्रा लिको स्थलगत अवलोकनपछि उपमेयर अर्यालले एउटा स्वास्थ्य संस्थाले सरकारले तोकेका सबै मापदण्ड पुरा गरेको महसुस भएको बताएकी हुन् ।

बुटवललाई स्वास्थ्यका दृष्टिले समेत पहिलो बनाउनका लागि नीजि क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनको भनाई छ । शिक्षामा जस्तै स्वास्थ्यमा पनि बुटवल अब्बल बन्नका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेकोमा उनको जोड छ । आफुहरु पटक पटक नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसंग संवाद गरिरहेको अर्यालले बताइन् ।

अस्पताल अनुगमनका उपमेयर अर्याललाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लिका अध्यक्ष चुन्न प्रसाद पौडेलले लगानी नीजि क्षेत्रको भएपनि यस्था संस्थाहरु सबैका साझा नै हुने बताए । बुटवलमा स्वास्थ्य क्षेत्रको स्तरउन्नती र नागरिकहरुको स्वास्थ्य उपचारका लागि सबै पक्षका विचमा सहकार्य हुनु पर्नेमा उनलेे जोड दिए ।

आजभन्दा २४ वर्ष अघि बुटवलको हस्पिटललाईबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लि केहि समयबाट आफ्नै सुविधा सम्पन्न भवन चांदवारी चोकबाट सेवा शुरु गरेको छ ।

अस्पतालमा अहिले विभिन्न विषयका ३० जना भन्दा वढि विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् । भखैरै एक सय वेड संचालन अनुमति पाएको हस्पिटलले अव नसिङ कक्षाहरु पनि संचालनको तयारी गरेको छ ।