Share this News on Social Networking Pages

बुटवल,१४ माघ ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित त्रिभुवन पथदेखि साेमबारे हाटबजार जाने सडक दायाँबायाँका घरहरूमा पानी पस्ने समस्या अब समाधान हुने भएको छ ।

उक्त सडकमा बनाइएको नालीकाे उचित निकास नहुँदा त्यस क्षेत्रका घरहरूमा पानी पस्ने समस्या भएपछि बुटवल उपमहानगरपालिकाले नयाँ डिजाइन अनुसार सडक पेटी र नाली बनाउन लागेको हो ।

बर्षाकाे समयमा सडकको पानी घरमा पस्ने समस्या देखिएपछि स्थानीय जनताकाे आग्रहमा उपमहानगरपालिकाले त्यस क्षेत्रमा सडक पेटी र निकास सहितकाे नाली निर्माण गर्न लागिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उक्त योजनाको साेमबार बिहान नगर प्रमुख पाण्डेय,वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी,उपमहानगरपालिकाका प्राविधिक लगायत स्थानीयहरूकाे टोलीले स्थलगत अवलोकन गरेको थियो ।

कूल ५५ लाख ९९ हजार लागत स्टिमेट भएको उक्त योजना ४४ लाख ४८ हजार रूपयाँमा ठेक्का सम्झौता भएको बुटवल उपमहानगरपालिकाका प्राविधिक गाेविन्द पंगेनीले जानकारी दिए ।

ठेक्का सम्झौता अनुसार आगामी बैशाख महिना भित्र काम सम्पन्न गरिसक्नुपर्ने छ ।