विराटनर,२५ पुस ।
संघीय संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन । ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो ।

उनलाई ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको छ ।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि प्रहरीले आजै अदालत लाने तयारी गरेको छ ।

सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

बुधबार अदालतमा उपस्थित भएकी अञ्जला अदालतकाे आदेशमा १० लाख धराैटी बुझाएर तारेखमा छुटेकी छन् ।