बुटवल,२२ पुस ।
देशमा प्राकृतिक चिकित्सा “औषधिरहीत उपचार बिधि ” लाई प्रवर्द्धन गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

नेपाल सामुदायिक याेग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपमलाद्वारा सञ्चालित
पद्मपाणी याेग तथा प्राकृतिक चिकित्सालयमा साेमबार आयाेजित यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगकाे छलफल कार्यक्रममा सहभागीहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाइ,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, कपिलवस्तुकाे बाडगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याललगायतले नेपालमा प्राकृतिक चिकित्सा पद्धति उपयोगी हुने भन्दै त्यसको उचित उपयोग र प्रवर्द्धन गर्नुपर्नेमा जाेड दिए ।

साे अवसरमा नेपाल सामुदायिक याेग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैनाका अध्यक्ष चित्रबहादुर कार्कीले संस्थाकाे आगामी योजना र केन्द्रका डा चन्द्रमणी बस्यालले नेपालमा प्राकृतिक चिकित्सा उपचार उपयोगी भएको भन्दै अन्य उपचारबाट निकाे नभएका राेगहरू समेत प्राकृतिक चिकित्सा उपचारले निकाे भएको दाबी गरे ।

केन्द्रका उपाध्यक्ष सुवेदार मेजर श्यामबहादुर थापाकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम
सचिव राम बहादुर कुँवरकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई पाल्पाको भैरब च्याउ उद्योगमा उत्पादित राताे च्याउबाट बनेका चिया, हलुवा,जेरी,राेटी,तरकारीलगायतका खानाका परिकारहरू खुवाइएकाे थियो ।

राताे च्याउ मानव स्वास्थ्यका लागि बहुउपयाेगि भएकोले प्राकृतिक चिकित्सालयसँकाे समन्वयमा कार्यक्रममा सहभागीहरूलाई त्यसबाट बनेका परिकार खुवाइएकाे भैरब च्याउ उद्योगका सञ्चालक केशव कार्कीले जानकारी दिए ।

सहभागीहरूले राताे च्याउबाट बनेका परिकारहरू रूचि पुर्वक सेवन गर्नुका साथै त्यसको उपयोगीता बारे जिज्ञासा राखेको सञ्चालक कार्कीले बताए ।