बुटवल,२० पुस ।
लेखनाथ पुस्तकालयले प्रदान गर्दै आएको “लेखनाथ राष्ट्रिय पुरस्कार ” यस बर्ष पाल्पाली साहित्यकार भावना खनाललाई दिने भएको छ ।

झापाको भद्रपुर-१० चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले प्रत्येक बर्ष पुस २६ गते प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा यस बर्षकाे “लेखनाथ राष्ट्रिय पुरस्कार ” साहित्यकार खनालद्वारा प्रकाशित “भाव संगम ” कविता संग्रहलाई दिने निर्णय भएको पुस्तकालयले जनाएको छ ।
लामो समयदेखि साहित्य क्षेत्रमा याेगदान पुर्याउनुकासाथै गत बर्ष “भाव संगम ” जस्तो महत्त्वपूर्ण कृति (कविता संग्रह ) प्रकाशन गरेको भन्दै पुस्तकालयले उक्त कृतिका लागि साे पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।
साहित्यकार खनाल विश्व नेपाली साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन् ।






