बझाङ,२ पुस ।
बझाङकाे तलकोट आसपास केन्द्रविन्दु भएर भुकम्प गएको छ ।
आज साँझ बझाङकाे तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार जिल्लाकाे तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।
भूकम्पबाट हालसम्म क्षति भएको बिबरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।