सुनसरी,२८ मंसिर ।
श्रीमतीको हत्या गरेका अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर अरूण गाउँपालिका-६ जरायोटार घर भई
धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने ३७ वर्षीय अमृत रसाईली रहेका छन् ।
आफ्नै २८ वर्षीया श्रीमती सम्झना रसाईलीको हत्या गरेको अभियोगमा उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेका हो ।
अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।








