बुटवल,१६ मंसिर ।
नेपाल मगर महिला संघ रुपन्देहीद्वारा बुटवलमा आयोजित मगर साहित्य महोत्सवकाे तयारी तिब्र रूपमा भइरहेको आयोजकले जनाएका छन् ।
आयोजक नेपाल मगर महिला संघले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी यही मंसिर २१ र २२ गते बुटवलको जीतगढी किल्लामा आयोजना गरिएको प्रथम मगर साहित्य महोत्सवकाे तयारी बारे जानकारी गराएको हो ।
महोत्सवमा भारत, युके लगायतका देशबाट प्रतिनिधित्व हुनुका साथै देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने मिडिया संयोजक तथा पत्रकार यम रानाले जानकारी गराएका छन् ।
दुई दिनसम्म चल्ने उक्त मगर साहित्य महोत्सवमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट ईतिहांस, म्कला, साहित्य, दर्शन, धर्म र पहिचानलगायतका महत्वपूर्ण विषयमा छलफल गरिने छ । नेपालमा नै यो पहिलो महोत्सव भएकाले विशेष महत्वका साथ मगर साहित्यबारे चर्चा तथा छलफल गरिने आयोजकहरुले बताएका छन् ।
महोत्सवमा मगर समूदायमा प्रचलनमा रहेका सामाग्ीहरुको चित्रकला प्रदर्शन गरिने नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापा मगरले जानकारी दिइन् । नेपाल र नेपाल बाहिर बसेर लेखिएका मगर लेखकहरुका पुस्तक, लेख, सम्पादन गरेका पत्रपत्रिका, म्याग्जिन र अन्य सामाग्रीहरु स्टलमा राखिने उनलेे बताइन् ।
मगर भाषाको मातृभाषामा कविता प्रतियोगिता आयोजना गरिने महोत्व मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी गराए ।
प्रतियोगिामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुने दुई जनलाई २ हजार पुरस्कारसहित प्रमाण पत्र दिइने महाेत्सव प्रचारप्रसार उपसमिति संयोजक यम रानाले बताए ।
महाेत्सवकाे यही मंसिर २१ गते प्रतिनिधि सभाकी सभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।






