बुटवल,११ मंसिर ।
बुटवल उपमहानगरपालिकामा डेङ्गी खाेज र नष्ट गर अभियान जारी रहेको छ ।

स्वास्थ कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगकाे सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जाेखिमयुक्त क्षेत्रमा बिगत पाँच महिनादेखि डेङ्गीकाे लार्भा खाेज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदि किनारकाे बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणकाे सम्भावित जाेखिमयुक्त क्षेत्र भएकोले डेङ्गीकाे लार्भा खाेज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताइन् ।

यो वडामा मात्रै दुई दिनसम्म बिशेष अभियान चल्ने उनलेे जानकारी दिइन् ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलाेत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेकाे जानकारी गराउदै बुटवल पनि सम्भावित जाेखिमयुक्त क्षेत्र भएकोले याे अभियान सञ्चालन गरिएको बताए ।

अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उनलेे जानकारी दिए ।

स्वास्थ्यकर्मीसहितको चार टोली बनाएर डेङ्गी खाेज र नष्ट गर अभियान सुरु गरिएको बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठले बताए ।