दार्चुला,३० कार्तिक ।
दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका- ५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उनले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए ।
घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ । दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।