नवलपरासी,२४ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीले जनकलाकारहरूलाई सम्मान गरेको छ । शनिबार बर्दघाट – ५ स्थित ऐतिहासिक पर्यटकीय स्थल कंचनगढीमा एक कार्यक्रमकाबीच प्रगतिशील देउसी भैलोमा सहभागी प्रोत्साहन सांस्कृतिक परिवारका जनकलाकारलाई सम्मान गरेको हो ।

प्रोत्साहन सांस्कृतिक परिवार ऐतिहासिक माओवादी जनयुद्धको बिरासत बोकेको अखिल नेपाल जनसास्कृतिक महासंघ सम्बद्व जनसांस्कृतिक समूह भएको साे पार्टीले जनाएको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जनकलाकारहरु मुक्तमाया महत्तो, राम प्रसाद अर्गेजा, नबोदित जनकलाकारहरु सन्जिदा नेपाल, दिपेश पान्डेय,बिभास नेपाल, सुहाना अर्गेजा, दिपिका पान्डेय , वर्षा परियार,रुचिका अर्गेजा, एन्जल थापा, गणेश कुवरलगायतलाई प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले जनकलाकारको योगदान बिना क्रान्ति अगाडी बढन नसक्ने उल्लेख गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पान्डेयले जनवादी संस्कृतिको रक्षा र बिकासमा प्रोत्साहन सांस्कृतिक परिवारले बिगतमा खेलेको भुमिकाको स्मरण गर्दै देशमा जनबिद्रोहको सिर्जना हुने अवस्था आएकोले जनकलाकारहरुले आफ्नो भुमिका बढाउदै लैजानुपर्ने बताए । कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य गणेश बहादुर ढकालको स्वागत र रामचन्द्र पोखरेलको संचालनमा भएको थियो ।