Share this News on Social Networking Pages

सुर्खेत,२३ कार्तिक ।
सुर्खेतमा बिरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको दुर्घटनामा हुँदा अन्य २५ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी अनियन्त्रि भई दुर्घटनामा परेको हो ।

२९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।