काठमाडौं,२२ कार्तिक ।
बिहीबार बेलुका दाेलखा केन्द्र विन्दु भएर भुकम्प गएको छ ।
दोलखा सहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, कात्तिक १० गते राति दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।








