सल्यानम,१२ कार्तिक ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने मृत्यु, ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानकाे कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना रहेका छन् । सृजनालाई उपचारका लागि कपुरकोट स्वास्थ्य चौकीमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य दुई मृतकको भने पहिचान खुल्न सकेको छैन ।
कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिटी ट्रक
सोमबार अपराह्न सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले बताए ।
घाइतेमध्ये केहीलाई जिल्ला अस्पताल सल्यान र केहीलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर लगिएको प्रहरीले जनाएको छ ।