कञ्चनपुर,९ कार्तिक ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक दम्पती सुतेकै ठाउँमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायक रहेका छन् ।
उनिहरू शुक्रबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृतक दुवैको अनुहार र टाउकोमा घाउ चाेट लागेको छ । उनलेे भने, ‘घर बाहिर सुत्दा रहेछन्, श्रीमान खाटमै र श्रीमती खाटमुनि मृत भेटिए ।’ बिहीबार राति हत्या भएको हुन सक्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।