धनगढी,१४ भदौ ।
पार्टीका केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम महामन्त्री पारस बाहुनलाई पनि बर्खास्त गरेको छ । रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गरी बाहुन पदमुक्त भएको जानकारी गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टकाे भनाइ छ ।
‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज : असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८१(०५( १३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु‚’ विज्ञप्तिमा उल्लेख छ ।
कारबाही गर्नुअघि प्रदेश समितिले उनलाई २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ दिएका थिए ।
यद्यपि उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही स्वरूप बर्खास्त गरिएको साे पार्टीले जनाएको छ ।









