रामेछाप,९ भदौ ।
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।

पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।

भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने प्रहरीको अनुमान छ ।

गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।