बुटवल,३१ साउन ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाकाे गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कटवालले जानकारी दिए ।
मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








