काठमाडौँ,२६ असार ।
ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको विवरण आएको छैन ।