सुर्खेत,१७ जेठ ।
सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलमा उद्धारको काम भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।






