धनगढी,३ जेठ ।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरोध गरेको छ ।
कांग्रेसका सांसदहरूकाे अवरोधपछि बैठक स्थगित भएको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयाेजनका लागि बैठक बोलाइएको हो ।
प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेको भन्दै कांग्रेसका सांसदहरुले प्रदेश सभामा नाराबाजी गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।








