बुटवल,२५ बैशाख ।
बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको राजमार्ग चाैराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले चासो देखाएको छ ।

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालयले तोडपछि सडकको डिजाईन परिवर्तनको लागि उपमहानगरपालिकाले पहल सुरु गरको हो ।

बुटवल बेलहीया ब्यापारीक मार्ग भनिए पनि ब्यवसायी मैत्री सडक बन्न नसकेको गुनाशो आईरहेको बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाईन गर्नको लागि कार्यदल गठन गरेको छ ।

मंगलबार नगर प्रमुख खेलराज पाण्डेयकाे अध्यक्षतामा बसेकाे सराेकारवालाहरूसँकाे बैठकले सडक निर्माणको कामलाई आवश्यक सहजिकरण गर्नको लागि मेयर खेलराज पाण्डेयको संयोजगत्वमा कार्यदल गठन गरेको हो ।

सडक डिभिजन कार्यालय बुटवल,नेपाल खानेपानी संस्थान,नेपाल विद्युत प्राधिकरण,नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्यसचिब रहने गरी उपमहानगरपालिकाले कार्यदल गठन गरेकाे छ ।

कार्यदलले सडकको केन्द्र बिन्दुदेखि प्रत्येक साइड तर्फ पैदलयात्रीका लागि ३ मिटर चौडाको फुटपाथ निर्माण, साईकल यात्रीका लागि २ मिटरको साइकल लेन निर्माण , प्रति २०० मिटर लम्बाई तर्फ प्रति ७० मिटर लम्बाईमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाईमा पार्क तथा सौन्दर्यिकरण गर्नको लागि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै प्रत्यक पार्क र साईड सडकमा स्ट्रीट लाईट जडान , सडक फर्निसिङ्ग ट्राफिक संकेत, डिभाइडरमा टल्किने स्टीकर र सौन्दर्यिकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै ट्राफिक चोक र गोलपार्क , बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने , राजमार्ग चौराह र हस्पिटल लाइनमा ४ मुखे आकाशे पुल निर्माण गर्नको लागि कार्यदलले सहजिकरण गर्ने भएको छ ।

यस्तै दुरसंचारको तार ब्यवस्थापन र अनावश्यक पोल हटाउने , संभव भएका स्थानहरुमा भूमिगत विद्युत लाईन विस्तार गर्ने , खानेपानीका पाइप लाईन ब्यवस्थ्ति गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिर लाईन, चौराहा र मिलन चोकको बजार प्रभावित हुन पुगेको उनले बताए ।

बुटवलको ऐतिहासिक बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाईन परिवर्तन गराउनको लागि सडक डिभिजन कार्यालय मार्फत सम्बन्धित निकायहरुमा अनुरोध गरी कार्यदलले निर्णय गरेको मेयर पाण्डेयले जानकारी दिए ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल बेलहिया ब्यापारीक मार्गको काम पटक पटक म्याद थप्दा समेत ठेकेदार कम्पन्नीले सम्पन्न नगरेपछि ठेक्का तोड्नु परेको बताए ।

समयमा नै काम नगर्ने कञ्चनजंगा –बिरुवा जेभी र बिरुवा कन्ट्रक्सन कम्पन्नी प्रालि बिच बुटवल बेलहीया ब्यापारीक मार्ग निर्माको लागि आर्थिक वर्ष २०७३–७४मा ठेक्का सम्झौंता भएको थियो । समयमा नै काम नगर्ने ठेकेदार कम्पन्नीलाई कालोसुचिमा राख्ने तयारी भएको उनले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवलको बजारलाई असर नपर्ने गरी सडकको डिजाईन गरिनुपर्नेमा जोड दिए । बुटवलमा बजार विस्तार भएपछि बल्ल सडक आएको ऐतिहासिक तथ्य रहेको बताउँदै उहाँले बुटवलको बजारलाई असर नगर्ने गरी अब बन्न सडक निर्माणको लागि शुझाब दिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टेलिकम बुटवलका प्रमुख सुरेन्द्र प्रसाद श्रेष्ठ , वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, होटल तथा रेष्टुरेण्ड ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले सडक निर्माणको काम छिट्टो सक्नको लागि शुझाब दिएका थिए ।