कपिलवस्तु,२४ बैशाख ।
मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे बुटवल कार्यालयको टोलीले घूस रकमसहित पक्राउ गरेको छ ।
सोमबार दिउँसो ४ बजे खनाललाई ३० हजार नगद घूससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । उनलेे जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घूस लिँदैगर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारकाे टोलीले उनलाई कार्यालय नजिकै रहेको डेराबाट नगदसहित पक्राउ गरेको थिए । पक्राउ परेका उनलाई अख्तियारको बुटवल कार्यालय लगिएको अख्तियारले जनाएको छ ।








