बुटवल,२४ वैशाख ।
अनलाईनबाट जुवा (सट्टेबाजी) गरेकाे आराेपमा बुटवलको कालिकानगरबाट १३ जना भारतीय पक्राउ परेका छन् ।
पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाईन जुवा (सट्टेवाजी) गराएकाे सुचनाका आधारमा प्रहरीले उनिहरूलाई प्रकाउ गरेको हो ।
१३ जना भारतीय नागरिकसहित प्रहरीले उनीहरूले प्रयोग गर्ने मोवाईल लगायतका सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको बताए ।
पक्राउ परेका उनीहरूको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








