बिमलराज भट्टराई
रोटरी क्लब डाउनटाउन वाट हरेक नयाँ बर्ष नयाँ ठाउँ घुम्ने योजना अनुसार यस्‌पाली नजिकै छिमेकी जिल्ला पाल्याको रमणीय स्थान जल्पा होमस्टे जाने निर्णय अनुरूप क्लवका तीन दर्जन साथीहरु सहित हिमचुली मिनी वसमा गयौं ।

सर्वप्रथम सिद्धबाबाको दर्शन गरी अगाडी को यात्रा तिनाउ गाउपालिका जोरधारा प्रेमजीकहां बटुक पकोडा चुकाउनी खाएर हामी अगाडि बढ्यौ ।

आर्यभंज्यागं पुगेर केही सामान किनी काफल खादै हामी हुमिन हुँदै देवीनगर पुग्यौ । पाल्पा देवीनगर बाट जल्पा एधार किमी रहेछ, हामी हरु ५ बजे जाल्पा पुग्यौं ।

सामुहिक रूपमा संचालनमा रहेको ढोलीमारा सामुदायिक होमस्टे दुई बर्ष भएको रहेछ । ६० जनासम्मलाई खाना, आवास प्रवन्ध रहेछ । करिष एक कि.मी. वर बाट होमस्टेकै पञ्चेवाजा र झ्याउरे लोक भाका टोलीले नाचगान सहित टिका माला लगाई स्वागत सहित लिन आउनुहुदो रहेछ ।

सबै समुदायका सदस्यहरूसँग हासी हासी काममा खटिदा रहेछन । समुदाय भवन पुगेपछी भ्रमण टोलीलाई संगीत सहित नास्ता र भोजन ग्रहण गराइदो रहेछ । स्थानिय परिकार र पेय पर्दार्थ सहित अतिथी सत्कार गरिदोरहेछ ।

साे अवसरमा क्लबको उद्देस्य माथी क्लवका पूर्व अध्यक्ष टंक पराजुली, नर बहादुर श्रीष, विमलराज भट्टराई, राजेन्द्र ढकाल,अध्यक्ष कमला ह‌माल, पर्यटन व्यवसायी टेकु पौडेल, होमस्टे सचिव मन बहादुर सारूलगायते आ आफ्नो भनाइ राख्नुभएको थियो ।

राती समुदायमा वाडीएर सुत्यौ, विहान सवै नित्यकर्म सकेर हामी समुदाय भवनमा जुट्यौ, कोदोका परिकार, अचार र चिया नास्ता गरी विदा भयौ ।

वाटोमा काफ्ल भेटियो एक पाथी काफल सात सयमा किनेर सबैले वाडेर खायौं । करिब एधार बजे पाल्पा पोखराथोक गाप्टुंग पुग्यौं ।

बुटवलका व्यवसायी विकास भट्टराईले संचालनमा ल्याएको पिस प्वाइन्ट होटलमा रोटरी बोर्ड बैठक गरी खाना खाई दुई बजे बसबाट तिनटी आंप डिल्ली बस्यालजीको मा गई पुदीना मोई र काँक्रो खाई बिदा भयौं । अनि भ्रमण संयोजक कमल नेपालले गित सुनाऊदै गाडिमा रमाइलो माहोल बनाउनु भयो । केराबारीमा एकछिन रोकी चिया वटुक खाई घर तिर लाग्यौ ।

होमस्टेमा प्रति व्यक्ति १५०० मा खाना वस्न र बिहानको नास्ता समेत दिईएको रहेछ । बुटवल देखी करिब सत्तरी कि मी को यात्रा सबैका लागी अविस्मरणीय रह्यो ।