धनगढी,२२ बैशाख ।
सुदुरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबारसम्मका लागि स्थगित भएको बैठक पुनः स्थगित गरिएको हो ।
एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारसम्मका लागि स्थगित भएको थियो ।
सत्ता गठवन्धन दल एमाले ले विश्वासको मत नदिने भएपछि बैठक स्थगित भएको बताइएको छ । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।
आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।








