बुटवल,१९ बैशाख ।
जेबि दर्लामीद्वारा लिखित नेपालयले प्रकाशन गरेको “मारीखाेलाकाे ढुङ्गाे” कृतिकाे बुधबार बुटवलमा विमर्श भएको छ ।
सामाजिक संस्था नागरिक चाैतारीकाे आयोजना भएको कृति विमर्श कार्यक्रममा लुम्बिनी प्रदेशकि पुर्व प्रदेश सभा सदस्य दीपा बिक,लुम्बिनी बाैद्व विश्व विद्यालषका सहायक प्राध्यापक कमल थापा, लेखक तथा साहित्यकार गिरी श्रीस मगरले कृतिले १० बर्षे युद्धमा हाेमिएका लडाकु अयोग्य सावित हुनुको पिडा र युद्वकाे बारेमा समाजमा भएका नकारात्मक तथा सकारात्मक पाटाेलाई उजागर गर्ने प्रयास गरेको बताए ।
नागरिक चाैतारीका सल्लाहकार बालकिशाेर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाशन संस्था नेपालयका सम्पादक दिनेश आचार्य,लेखक जेबि दर्लामीले कृतिमा नेपालमा १० बर्षे युद्धमा हाेमिएका याेद्वाकाे कथालाई समेट्ने प्रयास गरिएको बताए ।