हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन
बुटवल, १५ बैशाख ।
श्रमीक र व्यवस्थापन पक्षबीच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा सरोकारवालाको जोड दिएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितीमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्ने सरकाेकारवालाहरूले श्रमीक र व्यवस्थापन पक्षबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
कुनै पनि संघ संस्थालाई सफल बनाउन कर्मचारी ठूलो हात हुने भन्दै उनिहरूले हरेक संघ संस्थाका संचालकहरुले कर्मचारीलाई खुशी वनाउन आबश्यक रहेको औल्याए ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका अध्यक्ष
टीकाराम गौतमले विगतदेखि नै संस्थाले कर्मचारी संगको सम्बन्ध सुमधुर रहदै आएको भन्दै आगामी दिनमा पनि त्यसलाई थप प्रगाढ बनाउदै लैजाने प्रतिवद्वता ब्यक्त गरे ।
श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले श्रमीक र व्यवस्थापन पक्ष मिलेर अघी बढेमा हरेक व्यवसायीक प्रतिष्ठान सफल हुने बताए । उनलेे कर्मचारीको
भूमिकालाई उच्च सम्मानका साथ प्राथमिकता दिन सुझाव दिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितीका निवर्तमान अध्यक्ष यम प्रसाद पाण्डेले कर्मचारीहरुनै संघ संस्थाको पिल्लर भएकाले उनिहरुलाई नीजामती कर्मचारी सरह सेवा सुविधा दिदै
आएको बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितीका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, महासचिव खिम बहादुर थापाले संचालकहरु फेरीदै जाने र कर्मचारी भनेका स्थायी हुने भएकाले कर्मचारीको भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनिहरूले व्यवस्थापन पक्ष र कर्मचारी बीचको सम्बन्ध नङ र माुसको रहनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका कार्यालय प्रमुख बाबुराम अधिकारी र स्वतन्त्र कर्मचारी युनियनका पूर्व अध्यक्ष प्रकाश गैरले कर्मचारी र व्यवस्थापन पक्ष बीचको
सम्बन्धलाई थप प्रगाढ बनाउदै समितीको विधी विधान र नीति नियमलाई आत्मसाथ गरेर अगाडी बढदा कसैलाई पनि समस्या नहुने धारणा राखे ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिबेशनवाट हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ ।
समितीको प्रथम उपाध्यक्षमा राम प्रसाद गौतम, द्धीतृय उपाध्यक्षमा राम थापा, सचिवमा भूमिमाया राना,
सह सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा विबश वस्याल चयन भएको निर्वाचन समितीका संयोजक प्रकाश गैरेले जानकारी दिए ।
त्यस्तै सदस्यमा क्षेत्र बहादुर गुरुङ, विष्णुमाया भुसाल, अनिल श्रेष्ठ, गोपाल चापागाई, र चित्र बहादुर थापा चयन भएको बताइएको छ ।