पाल्पा,१४ बैशाख ।
नेपाली कांग्रेस पाल्पाद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएकाे छ ।

विपि स्मृति भवन तानसेनमा शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको हो ।

नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एवम पुर्व जिल्ला सभापति राजन प्रसाद पन्त,नेपाली त पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,उपसभापति झपेन्द्र गैर, सचिव सुनिता अधिकारी,सन्तोष कुमार थापा मगर ,जिल्ला सदस्य ,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय सभापति एवम पदाधिकारी,प्रदेशका सभापति एवम पदाधिकारी,पालिका सभापतिहरूको सहभागीतामा भित्तेपात्रो बिमोचन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एवम पुर्व जिल्ला सभापति राजन प्रसाद पन्तले नेपाली कांग्रेसले आगामी दिनमा राष्ट्रियताको सवालमा सैवधानिक निकायलाई सशक्त बनाउदै नागरिकका जन जिविकाका सवालमा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए ।

पछिल्लो समयमा पानीका फोका जस्ता केही राजनीतिक दलहरूको उदय भएको बताउदै उनलेे ती दलका सिद्धान्त र विचार स्पष्ट नभएको बताए । उनलेे यस्ता दलहर निश्चित समय पछि पानीको फोका सरि फुटेर जाने बताए । नेपाली कांग्रेस पुरानो ईतिहास बोकेको पाटी भएकोले जनताको मनाेभावनालाई बुझि एकताबद्व भई मुलुकको निर्माण गर्न लाग्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाटीका जिम्मेवारी पाएका नेताहरूले जिम्मेवारी बोध गरि काम गर्न आग्रह गरे । नेपाली कांग्रेस पाल्पाले ३ वटा कुरालाई मध्ये नजर गरेर अगाडि बढेको बताउदै उनलेे पार्टीमा एउटा अधिवेशन नसकिदेै अर्को अधिवेशनको भुत चढ्ने प्रथाको अन्त्य हुनुपर्ने बताए ।

चुनावमा टिकट वितरण गर्दा स्थानीय तहका पाटीका कार्यकर्ताबाट छनाेट गरिएका उम्मेदवारलाई टिकट दिने प्रणालीको विकास गर्ने बताउदै सभापति श्रेष्ठले कर्म गर्नेलाई जिम्मेवारी दिने गरि पाल्पा कांग्रेस अगाडि बढेको उल्लेख गरे । अबको युगको कर्मको युग भएको भन्दै उनलेे जस्ले कर्म गर्छ उस्ले फल पाउँछ भन्ने धारणा राखे ।

उनलेे सोही अनुरूपमा पाटीका जिम्मेवार पदमा रहेका जिम्मेवार व्यक्तिहरूले काम गर्न आग्रह गरे । सभापति श्रेष्ठले नयाँ बर्षले संगठन निर्माण गर्न प्रेरणा मिलोस भनी २०८१ को शुभकामना व्यक्त गरे । नेपाली कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।