बुटवल,१४ बैशाख ।
नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आयोजित पत्रकारकाे क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम शुक्रबार समापन भएको छ ।
तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संगठनका पत्रकारहरुले पनि सतहमा रहेर पत्रकारिता गर्नुपर्ने बताउँर्दै यसो गरेमा मात्रै पत्रकारिता क्षेत्रको गरिमा उचाे हुने बताए ।
उनले तालिमको लागि तालिम भन्दापनि सिकेका कुरालाई व्यवहारमा उतार्ने तालिम अहिलेको आवश्यकता रहेको बताए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिहिबार र शुक्रबार गरि दुई दिनसम्म सञ्चालन भएको तालिमको दोस्रो दिन बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले डिजिटल पत्रकारिता तथा मिथ्या सुचनाको बारेमा सहजिकरण गरेका थिए ।
तालिमको उद्धाटन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,प्रेस युनियन केन्द्रीय सदस्य रेखा भुसाल, युनियन रूपन्देहीका संस्थापक बालनरसिं गुरूङ,बुटवलका अग्रज पत्रकार माधव नेपाल,हरिश ढकाल लगायतले सहजिकरण गरेका थिए ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागि मध्यबाट केहीलाई लेखनबृत्ति समेत प्रदान गरिने सचिव ज्ञवालीले जानकारी दिए ।