Sack with pure sugar on table

बुटवल,१३ बैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीकाे भैरहवा क्षेत्रबाट १० हजार २ सय ५० केजी अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वाटर रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले बिहीबार बिहान उक्त परिमाणको चिनी बरामद गरेको हो ।

बोरा पल्टी गरिरहेका मानिसहरु सुरक्षा टोलीलाई देखेपछि गोदाम छाडेर भागेकाे उनलेे बताए ।

गोदाममा रहेको १० हजार २ सय ५० केजी चिनी र १ थान बोरा सिलाउने मेसिन भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद चिनीको बजार मूल्य रु. ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु. १० हजार गरी रु. ६ लाख ७६ हजार २ सय ५० मा भन्सार दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।