बुटवल,१८ चैत ।
कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट गएको टोलीले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घुस लिएको आरोपमा कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
घर नक्सा पास गर्ने काममा सहजिकरण गर्ने नाममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले उनलाई बुटवल ल्याउँदै छ ।








