बुटवल,१८ चैत ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ ।
प्रा.लि.को शनिबार भएको निर्वाचनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको हो ।

आगामी ४ वर्षे कार्यकालका अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भए ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्री १३३१, नारायण प्रसाद भण्डारी १२५१, नारायण प्रसाद घिमिरे १२६३, गोपाल बहादुर पौडेल १३८६, चेत नारायण बेल्वासे (गोली नारायण) १३२६, रामचन्द्र भुसाल १४६७, सुरेन्द्र श्रेष्ठ १३८४, मोहन पिएस १४४० र जीवन कुमार बन्जाडे १३४७ मतसहित विजयी भएका छन् ।

निर्वाचनमा बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाको प्यानल पराजित भएको हो । उनले ६५९ मत प्राप्त गरे ।

समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध भएका थिए ।

त्यस्तै रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मतसहित विजयी भए भाे रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत, १० मा युवराज नेपाल ७०, ११ मा सुर्यप्रकाश ढुङगाना ६४ मत, रुटनम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट १३ मा टेकराज भट्टराई (रामु) ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ ।