पाल्पा,१७ चैत ।
पाल्पामा हावाहुरीले रुख ढलाउँदा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडक खण्डमा पर्ने जरेपिपल नजिकै उत्तीस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक तानसेन नगरपालिका ५ कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो ।

लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीसहित परेको पानीबाट ओतिने क्रममा ढलेकाे च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध भएको थियो ।

स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।