पाल्पा,१६ चैत ।
पाल्पाको रिब्दिकोट गाउँपालिका १ को ख्याहामा विभत्स अवस्थामा मृत फेला परेकी एक युवतीकाे हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वाजानिक गरेको छ ।
पक्राउ पर्नेमा साेही ठाउँका सागर भनिने देवलाल सार्की रहेका छन् ।
उनलाई जिल्ला प्रहरीले कार्यालय पाल्पाले शुक्रबार सार्वजानिक गरेको हो ।
गत मंगलबार ख्याहा कराङदीकी १९ वर्षीया युवती पद्यमा सुनार हसियाँ प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने देवलाललाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
घटना विवरण अनुसार त्यस दिन विहान ९ बजेतिर पद्या लप्सीखोलामा नुहाउन कपडा धुन धारामा पुगेकी थिईन । नुहाई कपडा धोएर डोकोमा राख्दै गरेको बेला दिउँसो करिव १२ बजेको समयमा सागर गोठमा काम गरी हातमा हँसिया लिएर आएको र उनिहरूबीच विवाद भएकाे अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बिवादका क्रममा पद्याले प्रतिकार गर्न खोज्दा आफुले हँसिया प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले भने – ‘खास के विवाद भन्ने अझै खुलेके छैन् तर एक आपसमा झगडा भएको र युवतीले प्रतिकार गर्न खोज्दा निजले हँसिया प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ’ वडाका वडाध्यक्ष चिरञ्जिजी पोखरेले भने निजले पद्यमलाई बलात्कार गर्न खोज्दा उनले प्रतिकार गरे पछि हत्या गरेको बताएको पाईएको बताए । मृतककी आमा कमला सुनारले भनिन्‘ ‘के कारणले त्यसले मेरी छोरीलाई मा¥यो त्यो बुझन अहिले हामी गाडी चढेर प्रशासनमा जाँदै छौं । त्यो हाम्रो घर नजिकै रहेको आफन्तकोमा आउँथ्यो । रिसाह र गजेडी छ । अघि पछि मेरी छोरी सित बोलेको थाह छैन । ’
पद्यालाई धारिलो हतियारले टाउँको र शरिरका विभिन्न भागमा पनि चोट लागेर विभत्स अवस्थामा मृत फेला परेकी थिईन । विहान हिडेँकी उनी दिउँसो ३ बजेसम्म घर नफर्केपछि परिवारजन खोजतलास गर्न पँधेरोमा पुगेका थिए । हेर्दा उनले लिएर गएको कपडा र अन्य सामानहरु लम्पसीखोला पँधेरोबाट काराम्दी जाने बाटोमा छरपस्ट भेटिएको थियोा । ती सामान फेला परेको स्थान भन्दा करिव २० मिटर तल खरबारीमा पद्यमा रक्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।
उनको टाउँको, घाँटी, हातमा हँसियाले प्रहार गरिएका चोटहरु थिए । परिवार साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरे पछि साँझ आई प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अर्को दिन अनुसन्धानका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड,केनाईन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरिएको थियो ।
प्रहरीले निजको साथबाट हँसिया एक थान , निजले लगाएको कालो् लुगा जिन्स पाईन्ट, रातो टिसर्ट,रातो रंगको खादा , कालो रंगको चप्पल मृतकको मावाईल,रगत जस्तो देखिने रातो पदार्थ लागेको मोबाईलको टेम्पर ग्लास एक् थान बरामद गरेर सार्वाजानिक गरेको छ । पद्या स्थानीय शारादा मावि कक्षा १२ मा पढ्दै थिईन ।








