बुटवल,१५ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखामानीमा एक पुरुष विहान मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा पर्नेमा अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मृतक नेपालीको शव पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको मैनाबगरदेखि पश्चिमतर्फ पाखापानीमा रहेको कल्भर्टमुनि फेला परेको हो ।

बिहिबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नेपाली विहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बुटवल उपमहानगरपालिका वडा–११ मैनाबगर नजिक बस्दै आएका नेपाली सामान्य मजदुरी गर्दै आएका थिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।