पाल्पा, १३ चैत ।
पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १८ वर्षिया पद्‍मा विश्वकर्मा मृत अवस्थामा फेला परेकी छन् ।

मंगलबार बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शरिरमा धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।