बुटवल,१३ चैत ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा
रुपन्देहीकाे गैडहवामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भर रहेका छन् ।
उनलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गएराति प्रहरीले पक्राउ गरेको हो ।
रामले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








