बाँके,१३ चैत ।
बाँकेको कोहलपुरमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका छन् । जिल्लाकाे कोहलपुर १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीले जनाएको छ ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

अनिल दम्पत्तिले पावर्तीपुर स्थित बागेश्वरी हिम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारीलो हतियार प्रहार भएको प्रहरी निरीक्षक भट्टराईले बताए । श्रीमतीको हत्या अभियोगमा अनिललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।