बुटवल,९ चैत ।
बुटवल उपमहानगरपालिका स्थानीय विकास काेष सञ्चालन समितिकाे आयोजनामा आजदेखि समुहमा आवद्ध महिलाहरूका लागि उद्घाेषण,बैठक सञ्चालन,माइन्युट लेखन तथा लेखा ब्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

तालिमको बुटवल- १७ काे भाटामा शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले नगरका ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप र उत्पादनसँग जाेडेर जिवनस्तर माथि उठाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

नगरवासीलाई सीप र उत्पादनसँग जाेडेर आय आर्जन बृद्वि गराउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिएको बताउदै नगर प्रमुख पाण्डेयले आत्मनिर्भर बन्न जस्तोसुकै सीपमूलक तालिम दिन उपमहानगरपालिका तयार रहेको जानकारी गराए ।

बुटवल उपमहानगरपालिका वडा नं १४ देखि १९ सम्मका लागि सञ्चालित कार्यक्रम यो कार्यक्रमले ती वडाका जनताकाे जिवनस्तर माथि उठाउन महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै उनलेे कार्यक्रमबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले नाम जे भए पनि यो कार्यक्रम गरिबी निवारण काेष भएको भन्दै यसको उदेश्य महिला ससक्तिकरण र गरिबी निवारण गर्नु रहेको बताइन् ।

निम्न बर्गका मानिसहरूले उठाएको रकम सस्तो दरमा उनै समुदायमा परिचालन गरेर उद्ममशील बनाउने योजना अनुसार कार्यक्रम सञ्चालन भएको बताउदै उनलेे सबै घरका महिलालाई कुने न कुनै सीपसँग जाेडेर आत्मनिर्भर बनाउने उपमहानगरपालिकाकाे योजना रहेको उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका स्थानीय विकास काेष सञ्चालन समितिका अध्यक्ष शिव रानाले काेषमा आवद्ध विभिन्न सामुदायिक संस्था र उक्त संस्थाका सदस्यहरूकाे संगठन,बचत र सीप विकासको माध्यमबाट सामाजिक रूपान्तरण प्रक्रियालाई अगाडि बढाई मध्यम तथा बिपन्न बर्गका नागरिकहरूलाई आफ्नो काम कर्तव्य तथा हक,अधिकारका बारेमा सचेत गराउनुका साथै सामाजिक परिचालनको मार्फत विकासको मूल प्रवाहमा ल्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका भित्र ६० सामुदायिक संस्था करिब १५ सय सदस्य काेषमा आवद्व रहेको जानकारी गराउदै उनलेे संस्थाका सदस्यहरूकाे आय आर्जन बृद्वि गर्न पशुपालन ब्यापार ब्यवसाय सञ्चालनका लागि न्युनतम ब्याजदरमा घुम्ती काेषकाे रूपमा ऋण पुँजी लगानी गरेको बताए ।

त्यसका अलावा काेषले सदस्यहरूकाे विभिन्न रचनात्मक तथा ब्यवहारिक र सैद्धान्तिक क्रियाकलापमा सहभागी गराई उनिहरूकाे दक्षता र क्षमताकाे विकास गराई थप उर्जाशील,चेतनशील एवं सक्रिय जिवनयापनका लागि उद्घाेषक,बैठक सञ्चालन,माइन्युट लेखन तथा लेखा ब्यवस्थापन तालिम सञ्चालन गरिएको उनलेे बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १९ वडा अध्यक्ष चन्द्र सि थापा,काेष सञ्चालन समिति सदस्य प्रेमनारायण पाण्डेलगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे जानकारी गराएका थिए ।

दुई चरणमा गरि तालिममा १२० जनाको सहभागी रहेको कार्यक्रमकाे सहजिकरण गरेका दीपु मगरले जानकारी दिए ।