बर्दिया,९ चैत ।
बर्दियाको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालका अनुसार बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई बिहीबार राति नियन्त्रणमा लिएको डीएसपी अर्यालले बताए ।








