अर्घाखाची, ८ चैत ।
अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर बिहिवार दिउँसो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–९ राजुपानी बस्ने बर्ष १४ का सन्दिप बिक रहेका छन् ।

सल्लाको मुढा बोकेको ट्याक्टर धरम्पानीको आदर्श आधारभूत विद्यालयको घुम्ती नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए । ।

ट्याक्टरको ट्राली फुत्किदा ट्रालीमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।