गुल्मी,७ चैत ।
रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातासम्म सडक बन्द गरेको जनाएको हो ।

साे सडक खण्डमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।

सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् । आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने उनलेे बताइन् ।