नवलपरासी, ५ चैत ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समिति नवलपरासीले सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ ।
जनयुद्धमा शहादत प्राप्त गरेका जनसांस्कृतिककर्मीहरुकाे स्मरण गर्दै साे पार्टीले साेमबार बर्दघाटमा सांस्कृतिक प्रतिरोध दिवस मनाएको पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए ।
सांस्कृतिक प्रतिरोध दिवसको सन्र्दभमा बोल्दै केन्द्रीय सदस्य थापाले मुलुकमा सांस्कृतिक रुपान्तरण आवश्यक रहेको बताए ।
‘बि.स.२०५५ साल चैत ५ गते सामना परिवारका कलाकारहरू च्याङ्वा लामाको नेतृत्वमा काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रमद्वारा जनतामा वैचारिक जागरण ल्याउन हिँडेका कलाकारहरूलाई सेल्टर लिई बसेको घरमा प्रहरीहरूले घर घेरा हाली आगो लगाएर निहत्था कलाकारहरूलाई गोली हानी हत्या गरिएको थियो । उक्त घटनामा च्याङ्वा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, सुभद्रा सापकोटा, चिनीमायाँ लामा, डम्बर श्रेष्ठको हत्या गरिएको थियो ।’ – उनले भने ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले सांस्कृतिक रुपान्तरण बिशिष्ट कार्य रहेको उल्लेख गर्दै यो समाज रुपान्तरणको आधार रहेको चर्चा गरे ।
उनले भने-‘सांस्कृतिक रुपान्तरण सामान्य बिषय होईन यो बिशिष्ट हो । बिशिष्ट भएकै कारण यसलाई बुझ्नु मात्र नभई बदल्नु आवश्यक छ । यो सबै प्रकारको रुपान्तरणको जग हो । राजनीतिक परिर्वतनको केन्द्र पनि यही हो ।’
माक्र्सवादीहरुले बिहे , पर्व, आर्थिक, सामाजिक सबै क्षेत्रमा रुपान्तरित हुदैं आन्दोलन उठान गर्नुपर्ने उनको भनाइ थियो । ‘बुर्जुवाहरुले विहेवारी, चाडपर्वलाई आर्थिक सामाजिक नजरले मात्र हेर्ने गरेका छन् । हामी माक्र्सवादीहरुले यसलाई समाज रुपान्तरणको नजरले हेर्नुपर्छ । रुपान्तरणको शुरुवात आफै बाट गरौं । जति सकिन्छ परिर्वतनको शुरुवात यसै पर्वको दिनबाट गरौं ।’-उनलेे भने ।
कार्यक्रममा स्वागत गर्दै पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक गणेश बहादुर ढकालले सांस्कृतिक शहिदहरुले देखाएको बाटोमा अगाडी बढनुपर्ने बताए ।
साे अवसरमा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य जयफुल्लाह हसनले नेपाली समाज मनुस्मृतिमा आधारित रहेको चर्चा गर्दै सबै प्रकारको रुढीवाद बिरुद्ध लाग्न आब्हान सहितको गीत प्रस्तुत गरेका थिए ।
त्यस्तै बरिष्ठ साहित्यकार तथा पत्रकार एंव अखिल नेपाल लेखक संघका बाबुराम गिरीले नक्कली कम्युनिष्टहरुबाट जनवादी आन्दोलनलाई प्रहार भएको बताउदै क्रान्तिकारीहरुले एकताबद्ध भएर आन्दोलनलाई उठान गर्नुपर्ने भाव सहितको कवितावाचन गरेकाे पार्टीका प्रदेश सदस्य दुर्गा नारायण चौधरीले जानकारी गराए ।








