दाङ,५ चैत ।
दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ का जितबहादुर बुढा रहेका छन् ।

जिल्लाकाे गङ्गटेबाट तुलसीपुरतर्फ गइरहेको जीप आज बिहान भाङाबारी नजिकै उकालोमा पछाडितर्फ गुडेर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा सात जना घाइते भएकाे प्रहरीले जनाएको छ ।