बुटवल,५ चैत ।
रुपन्देहीकाे भैरहवामा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ ।
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गए राति भएको दुर्घटनामा परेर रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा सवार रावतलाई बा २१ च ७५५३ नम्बरको कारले ठक्कर दिएकाे थियाे । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।








